Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'कटवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन'

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकाले निलम्बन गरेकोमा आपत्ति जनाएका छन्।

पोखरेलले सामाजिक सन्जालमा लेख्दै भनेका छन् , 'कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन ।

अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।'

अर्थतन्त्रलाई संकटग्रस्त बनाएको भन्दै सरकारले गभर्नर  अधिकारीलाई निलम्बन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

पुरुषोत्तम भण्डारीपनि जनार्दन शर्माको नाता पर्ने एमालेले आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077