Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियामा भीषण बाढी : कम्तीमा १३ जनाको मृत्यु, जनजीवन प्रभावित

एजेन्सी । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ ।

बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरू केही हराइरहेका बताइएको छ ।

त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रवारसम्ममा १३ जनाको ज्यान गएको त्यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

अकस्मात भारी वर्षा शुरू भएको सो क्षेत्रका विभिन्न स्थानमा वर्षा जारी छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077