Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको राष्ट्रियसभामा विधायकबीच झडप, समय खेर फालेको आरोप

एजेन्सी । पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रियसभामा आक्रोशित भएर झडप गरेका छन् ।

विपक्षीहरुले सत्तारूढ दलका सदस्यहरूले अविश्वासको मतभन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन् ।

उनीहरूले मतदान प्रधानमन्त्री इमरान खानको पक्षमा नआउने देखेपछि सरकारले आफ्नो पार्टीबाट नियुक्त अधिकारीलाई गलत मनसायका लागि प्रयोग गरी मतदानलाई लम्ब्याएको आरोप विपक्षी नेताले लगाएका छन् ।

विदेशमन्त्री शाह महम्मुद कुरेसीले आफ्नो दलको तर्फबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू लाग्नु राजनीतिक जिम्मेवारी भएको बताएका छन् ।

शनिबार अपराह्न दोस्रोपटक मतदान कार्यक्रम स्थगन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077