Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफूलाई सत्ताबाट हटाए विपक्षी सरकारलाई मान्यता नदिने इमरान खानको चेतावनी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताबाट हटाइएमा विपक्षी सरकारलाई मान्यता नदिने बताएका छन् ।

गत बिहीबार संसद् विघटन गर्ने राष्ट्रपतिको अरिफ अल्वीको घोषणालाई गैरकानुनी ठहर गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन आदेश दिएको थियो।

शनिबार अविश्वासको प्रस्तावमा मतदान हुनुअघि उनले विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका हुन् । आफूले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै उनले अविश्वासको प्रस्ताव पारित नहुनेमा आफू विश्वस्त रहेको बताए।

संसद्‌मा आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाए। उनले अहिले देशमा संकट निम्त्याउने काम भइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077