Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'गठबन्धन सरकारले गैह्रजिम्मेवार ढंगले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको छ'

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गलत सल्लाहमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर हटाउने निर्णय गरेको नेकपा एमालेले आरोप लगाएको छ।

एमालेले आइतबार विज्ञप्ति जारी गर्दै यसअघि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वबिहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यवसायिकरुपमा दक्ष र इमान्दार राष्ट्र सेवकहरु यो सरकारबाट कोपभाजन भएका दर्जनौं घटनाहरु रहेका छन् । वर्तमान गठबन्धन सरकारले अत्यन्त गैह्रजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको छ।

'वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,' एमालेले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077