Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले भन्यो 'उम्मेदवार सिफारिसमा कुनै शुल्क नलिनु'

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।

उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा नै पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् ।

पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077