Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थका समस्याको वैज्ञानिक समाधान खोजिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोकमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

उद्योगी, व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको भन्दै मन्त्री बडूले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पानुपर्ने आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077