Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसले भन्यो : उम्मेदवार सिफारिस गर्दा कुनै रकम नलिनू

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरूबाट शुल्क लिने गरेका गुनासा आएपछि नेपाली कांग्रेसले कुनै पनि प्रकारका रकम नलिन निर्देशन दिएको छ।

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन÷उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वडाध्यक्ष, गाउँ/नगरका प्रमुख तथा उपप्रमुखमा आकांक्षीहरू धेरै देखिएपछि विभिन्न कार्यसमितिले शुल्क लिएर आकांक्षीका नामावली संकलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077