Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगिन् चुमा थापामगर

    श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगिन् चुमा थापामगर

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.4K
    SHARES

    कैलाली । कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

    जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो । ३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।



    आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



    श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार