Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको विभत्स हत्या, दुईजना पक्राउ

    परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको विभत्स हत्या, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.4K
    SHARES

    रूपन्देही । रूपन्देहीको तिलोत्तमा परपुरूषसँग अवैध सम्बन्ध गाँसेर महिलाले आफ्ना श्रीमानको हत्या गरेको खुलासा भएको छ । जिल्लाको तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारूले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

    थारूले मंगलवार राति आफ्नो घरमै सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।



    थारूको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।



    जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार