Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबको चुनावपछि ओली एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ : विष्णु पौडेल

बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावपछि केपी शर्मा ओली एकल बहुमतको प्रधानमनत्री बन्ने दाबी गरेका छन् ।

सोमबार बझाङमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो दाबी गरेका हुन् ।

उनले भने, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने, ‘कस–कसले गठबन्धन गर्न सक्छन् गरे हुन्छ । कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्ने छैन । एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन ।’

पौडेलले गाउँ–गाउँमा कांग्रेस र माओवादीलाई एक्लै चुनाव लड्ने हिम्मत छ कि छैन भनेर सोध्न कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077