Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एएफसी फुटसल एसियन कप छनोट : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो ।

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077