Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा इमरान खानको पार्टीका १५५ सांसदले दिए सामूहिक राजीनामा

एजेन्सी । पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी ( पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताएका हुन् ।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ ।

उनले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077