Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतले रुसबाट तेल किन्ने विषयमा बोल्यो अमेरिका

एजेन्सी । रुसबाट भारतले तेल आयात गरेको विषयमा अमेरिकाले भारतद्वारा रुसमाथि लगाइएको कुनै पनि प्रतिबन्धको उल्लंघन नगरेको दाबी गरेको छ ।

अमेरिकाको यो बयान प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल भेटपछि आएको हो।सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले दुई देशका नेताबीचको वार्ता सकारात्मक भएको बताइन्।

बाइडेनले रुससँगको ऊर्जा व्यापार सीमित गर्न भारतलाई दबाब दिएका हुन् भनी सोध्दा साकीले भनिन्, 'ऊर्जा आयातमा प्रतिबन्ध छैन र उनीहरूले हाम्रा प्रतिबन्ध उल्लङ्घन गरेका छैनन्। प्रत्येक देशले आफ्नो हितमा निर्णय गर्ने कुरा हामी स्वीकार गर्छौं।'

भेटमा बाइडेनले रुसबाट हरेक उत्पादनको आयात बढाउनु भारतको हितमा नभएको प्रधानमन्त्री मोदीलाई बताए। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077