Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसबाट चन्द्रपुरकाे मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

रौतहट । नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनका लागि चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन् ।

स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका अनुसार अजयकुमार साह, सपुतबहादुर कार्की, मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उपमेयरका लागि सरस्वती गिरी,लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरीर तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको नेता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077