Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

स्थानीयवासीले पहिचान नखुलेको एक पुरुषको शव फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077