Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको २३ औँ प्रधानमन्त्री शेहबाज शरिफले लिए सपथ

एजेन्सी । पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् ।

प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

सोमबार नै राति आयोयित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेका थिए ।शरिफले पाकिस्तानको हालको विपक्षी दलको नेतृत्व गर्दै आएका थिए । उनि ७० वर्षका छन् । शेहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् ।

लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाएका छन् ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएका र त्यसलगत्तै सोमाबार नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077