Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बस्न लागेको हो ।

बैठकमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सम्बन्धमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077