Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : माओवादीले चुनावी पोस्टरमा राख्यो कुलमानको तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङको तस्बीर प्रयोग गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक फेसबुक पेजबाट आज सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो ।

सार्वजनिक भएको पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिरसँगै राखिएको छ । भने लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको समेत लेखिएको छ । घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077