Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन परिवारसहित मेची क्राउनमा

झापा । दुई दिनदेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष  होटल मेची क्राउनमा मनाउने भएका छन् ।

मेची क्राउन होटेलका अनुसार नयाँ वर्ष २०७९ को अवसरमा पूर्वरानी कोमल र छोरी प्रेरणासहित सपरिवार पूर्वराजा शाह झापा आइपुगेका छन् ।

पूर्वराजा शाह हरेक वर्ष बसन्त ऋतुमा झापामा  रहँदै आएका छन् ।

पूर्वराजा शाह दमकस्थित चियाबगानको निवास र होटल मेची क्राउनमा नयाँ वर्ष मनाउँदै आएका छन् । पूर्वराजा शाह र परिवारका सदस्यसहित २० जना मात्र सहभागी भएका छन् ।

गत वर्ष कोरोना कहरका समय पूर्वराजा शाह भारतको सिलगढीसमेत गएका थिए । उनी केही दिन झापामै बस्ने वताइएको छ । यसअघि नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले  व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको भन्दै गुनासो गरेका थिए।

नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077