Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसद्वारा ललितपुर महानगर मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस

    कांग्रेसद्वारा ललितपुर महानगर मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    ललितपुर । स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

    कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।



    कांग्रेस ललितपुर महानगर कार्यसमितिकाे बसेकाे बैठकले उनीहरूकाे नाम सिफारिस गरेको हो ।



    महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ ।

    कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार