Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अमृताको हत्या भएको दाबी गर्दै रुपन्देहीमा प्रदर्शन

बुटवल । बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा भइरहेकाे प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।

जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।

बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077