Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजा फर्कने सम्भावना सकिएको कमल थापाको दाबी

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा फर्कने सम्भावना सकिएको दाबी गरेका छन्।

शनिवार बिहान थापाले ट्वीटरमार्फत  लेखेका छन् , 'पार्टीहरु असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरु नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।'

पार्टी छाड्दा आफूले निकै आरोप खेपेको उल्लेख गर्दै थापाले कुनै दिन राप्रपाका नेताहरु राप्रपा नेपालमा आइपुग्ने दाबीसमेत गरे।

अहिलेको राप्रपा पनि आफूले बनाएर राखेको घर भएको थापाको भनाई रह्यो।

अध्यक्ष थापाले भनेका छन्, 'मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ। अहिले गालि गलौजरआरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्। राजाको माया त लाग्छ, त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077