Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेत भन्छन्–गठबन्धन भत्किने भएपछि सरकार चुनाव सार्न खोज्दैछ

भरतपुर । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले कुनै पनि बहानामा चुनाव सार्न खोजेको दावी गरेका छन् । चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भरतपुर आएका नेता बस्नेतले विमानस्थलमा पत्रकारहरुसँग यस्तो दावी गरेका हुन् ।

चुनावी तालमेलको जटिलताले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यही कारणले निर्वाचन सार्न खोजेको उनको दावी थियो ।

पत्रकारहरुसँग उनले भने–‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षडयन्त्र र अर्को संवैधानिक परिषद्‌ले गरेका नियुक्तिको मुद्दामा अदालतसँग सेटिङ मिलाएर, हराएर, निर्वाचन आयोगमा रिक्तता देखाएर अन्तिमसम्म पनि चुनाव सार्न खोजेको देखिन्छ ।’

तर सत्ताधरी गठबन्धनभित्र हुँदैन भन्ने ठूलो मत, गठबन्धन जोगिन्छ कि जोगिँदैन भन्ने संशय, निर्वाचन आयोगको आक्रामक तयारी र जनताको निर्वाचनप्रतिको लगावले निर्वाचन सर्ने स्थिति नबन्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077