Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनभित्रै प्रतिस्पर्धा हुनसक्छ : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कतिपय पालिकामा गठबन्धनभित्रै ‘फ्रेन्डली’ प्रतिस्पर्धा हुनसक्ने बताएका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् ।

गठबन्धनभित्रका सबै दलले दाबी गरेको ठाउँमा ‘फ्रेन्डली’ प्रतिस्पर्धा हुनसक्ने बताउँदै उनले त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनको भनाइ छ ।

प्रवक्ता महतले आपसमा प्रतिस्पर्धा गर्दा पनि गठबन्धनभित्रकै दलका उम्मेदवार निर्वाचित हुने स्थितिमा तालमेल नहुन पनि सक्ने बताए । ‘जो आए पनि हामी नै आउने हो, एमाले आउने होइन, भन्ने भयो भने राम्रै कुरा भयो’ उनले भने ।

उनले भने–‘पालिकाहरुको बस्तुस्थित हामीलाई भन्दा त्यहीँका साथीहरुलाई बढी थाहा हुन्छ। कुनै पालिकामा गठबन्धनभित्रका सबै दलहरुले दाबी गरेको अवस्थामा त्यहाँ ‘फ्रन्डली’ प्रतिस्पर्धा, स्वस्थ्य प्रतिस्पर्धा हुनसक्छ। तर एमालेसँग तालमेल हुँदैन ।’

उनले कांग्रेसको केन्द्रीय सम्पादन समितिले महानगर र उपमहानगरको उम्मेदवार छनौटमात्र गर्ने बताए। उनले भने–‘बाँकी पालिकाहरुमा त्यहीँका कमिटीलाई जिम्मेवारी तोकिएको छ। उहाँहरुले उम्मेदवार छनौट गर्नुहुन्छ। त्यसमा केन्द्रको कुनै हस्तक्षेप हुँदैन ।’

उनले धेरै विवादीत भएको अवस्थामा मात्र केन्द्रले सल्लाह र सुझावको आधारमा समस्याको समाधान गर्ने बताए। उनले केन्द्रको निर्देशनलाई पालना गर्न र जथाभाबी नबोल्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए। ु

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077