Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्री शर्माको नयाँ प्रस्ताव : भरतपुर माओवादीले नछोडे मित्रवत् प्रतिस्पर्धा गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा महामन्त्री शर्माले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रले कांग्रेसलाई नदिए मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाई छ ।

'२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेकै हो । माओवादी चाहन्छ, यो पटक पनि कांग्रेसले सघाउनुपर्छ । हामी चाहन्छौं, यो पटक माओवादीले कांग्रेसलाई छोड्नुपर्छ,’ बैठकमा महामन्त्री शर्माले भनेका थिए, ‘यदि दुवैले एक अर्कालाई नछाड्ने हो भने नयाँ र तेस्रो विकल्पमा जाऔं । मित्रवत् प्रतिस्पर्धा गरौं ।’

महामन्त्री शर्माले आफ्नो व्यक्तिगत दृष्टिकोण देशभर एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077