Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटनहममाथि ब्राइटनको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनहमलाई पराजित गरेको छ ।

शनिबार राति लन्डनस्थित टोटनहमको मैदानमा भएको खेलमा ब्राइटनले टोटनहमलाई १–० गोलले पराजित गरेको हो ।

ब्राइटनका लागि लियोनार्दो ट्रोसार्डले अन्तिम समयमा गरेको गोलमा गरे । हारसँगै टोटनहमले चौथो स्थान बलियो बनाउने मौका गुमाएको छ । टोटनहमको ३२ खेलबाट ५७ अंक छ ।

त्यो पाँचौँ स्थानको आर्सनलभन्दा तीन अंकले माथि हो । यद्यपि, आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ । ब्राइटन भने ३२ खेलबाट ४० अंक जोड्दै दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077