Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्दै खानेपानी मन्त्रालय

    राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्दै खानेपानी मन्त्रालय

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ ।

    खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु(याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताए ।



    उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।”



    मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको समेत जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार