Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • खानेपानीमा अख्तियारले डामेका सुब्बाको चर्तिकला, मन्त्रीका छोराको नाममा असुली आतंक

    खानेपानीमा अख्तियारले डामेका सुब्बाको चर्तिकला, मन्त्रीका छोराको नाममा असुली आतंक

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । खानेपानी मन्त्री महिन्द्र यादवले सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी ठहर गरेका र डामिएकाहरुलाई राखेका छन् ।सरकारी कर्मचारीको रुपमा मन्त्री यादवले राखेका नापी कार्यालयका नायबसुब्बा(सर्भेक्षक) कमलबहादुर खत्री पनि अख्तियारले घुससहित पक्राउ गरी मुद्दा चलाएका र विशेष अदालतमा सेटिङ गरी सफाइ पाएका कर्मचारी हुन् । उनी मनमैजु नापी कार्यालयमा हुँदा घुससहित पक्राउ परेका थिए ।

    नापीमा हुँदा काठमाडौंका आकर्षक कार्यालय चाहारेर अकूत कमाएका उनी पछिल्ला दिनमा त्यो भन्दा पनि बढी कमाउनका लागि मन्त्रीको पीए हुने गरेका छन् । विगतमा जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ सामान्य प्रशासन मन्त्री हुँदा उनको सचिवालयमा थिए भने हाल खानेपानी मन्त्री भएका महिन्द्र यादवका पनि पीए भएका छन् । सामान्यमा हुँदा उनी कर्मचारी सरुवामा खुलेआम घुसको मोलमोलाई गर्ने गर्थे भने अहिले खानेपानीमा पनि उनको घुस असुली उस्तै छ ।



    २०६०–०६१ सालमा नेपाल इन्जिनियरिङ्ग सेवा सर्भे समूह अमिन पदमा सेवा प्रवेश गरेका कृमलबहादुर खत्री(कृष्णकमल खत्री) जागिरको सुरुवातमा नै ६ नं. नापी गोश्वारामा काम गर्दा सरकारी, सार्वजनिक, गुठी जग्गाहरु पुनः नापीमा व्यक्तिविशेषको नाममा हालसाविक जग्गा दर्ता गरी करोडौ रकम कुम्ल्याउनेमा पर्दछन् । काठमाण्डौ उपत्यकामा आफन्तका नाममा उनले रोपनीका रोपनी जग्गा जोडेका छन् ।



    तत्कालीन ६ नं. नापी गोश्वारामा ठगी धन्दा गर्न पल्केका खत्री राष्ट्रिय कर्मचारी संगठनको आडमा उपत्यकाको मालदार अड्डा नापी कार्यालय चावहिलमा सरुवा भई नक्सा मेट्ने, सरकारी, सार्वजनिक, गुठी जग्गाहरु व्यक्तिविशेषको नाममा कायम गर्ने जस्ता गैरकानूनी एवं भ्रष्टाचारजन्य कामहरु गरी अकुत सम्पत्ति आर्जन गर्न सफल कर्मचारी हुन् । राष्ट्रिय कर्मचारी संगठनको भन्ने सर्भेक्षक खत्री यसअघि जसपाबाट मन्त्री भएका राजेन्द्र श्रेष्ठका पीए थिए । अहिले डा. बाबुराम भट्टराईको पार्टी निकट भएर खानेपानी मन्त्री यादवको पीए भएका छन् । उनलाई हिसिला यमीको दबाबमा यादवले सचिवालयमा राखेका हुन् ।

    उनलाई नजिकबाट चिन्ने कर्मचारीहरु भन्छन्–६ नं. नापी गोश्वारा र नापी कार्यालय चावहिलमा उनले काम गरेका अवधिमा उनको फाँटमा भएका कामहरु अनुसन्धान तहकिकात गर्ने हो भने सबै कर्तुत छताछुल्ल हुन्छ ।

    यसरी गैरकानूनी काम गरी रकम असुल्न पल्केका खत्री राष्ट्रिय कर्मचारी संगठनको आडमा २०७१ सालमा नयाँ खुलेको नापी कार्यालयमा लुट मच्चाउनकै लागि सरुवा भएका थिए । उक्त कार्यालयमा सर्वसाधारण जनतालाई दुखः दिई रकम असुल्न पल्केका खत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रेड ह्याण्ड समातिएपछि विशेष अदालतमा मुद्दा दर्ता भएपछि निलम्बनमा रहेका थिए ।

    अख्तियारको पैसालाई प्रमाणको रुपमा लिन नमिल्ने सर्वोच्च अदालतको फेसला पश्चात रेडह्याण्डमा परी मुद्दा खेपिरहेका खत्री जस्ता भ्रष्टहरुले सफाइ पाएका थिए । सफाइ पाएपश्चात् नापी विभागमा हाजिर भएका खत्री लाज र सरमले नापी विभागमा काम नै नगरी समाजवादीका सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको सचिवालयमा बसी कर्मचारीको सरुवा बढुवामा बिचौलियाको काम गरी मन्त्रीको नाममा करोडौं उठाएर खाई बदनाम भएका थिए ।

    हाल नेपाल इन्जिनियरिङ्ग सेवा सर्भे समूह सर्भेक्षक पदमा रहेका नाप नक्सा गर्ने प्राविधिक कर्मचारी आफ्नो पदसोपान अनुसारको काम नगरी मन्त्रीको सचिवालयमा बसी ठगी धन्दा चलाउन ब्यस्त छन् । सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ हुँदा मन्त्रीको सचिवालयमा हालिमुहाली गर्न पल्केका खत्री हाल खानेपानी मन्त्री महिन्द्र राय यादवको सचिवालयमा बसी मन्त्री र उनको छोराको नाममा ठकेदारहरुसँग रकम ऊसुल्ने गरेका छन् । उपसचिव निजी सचिव रहने मन्त्रीको सचिवालयमा ना.सु. स्तर(सर्भेक्षक) स्तरको कर्मचारीले निजी सचिव भनी नेमप्लेट राखी हस्ताक्षर गर्ने नपाएको ओहदा पाएँ भनी दस्तखत गरी भ्रष्टाचार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार