Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तपाईंहरूजस्तै मन्त्री भएर प्रधानमन्त्रीले काम गर्न सक्नुभएको छैन : सांसद चौधरी

    तपाईंहरूजस्तै मन्त्री भएर प्रधानमन्त्रीले काम गर्न सक्नुभएको छैन : सांसद चौधरी

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको आलोचना गरेकी छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसदहरूले मलको विषयमा छलफल गर्न ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा कांग्रेस सांसद चौधरीले कृषिमन्त्री यादवमाथि आक्रोश व्यक्त गरेकी हुन् ।



    चौधरीले कृषिमन्त्री जताका कारणले गर्दा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न नसकेको बताएकी हुन् ।



    ‘हिजो भर्खरको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो यो गठबन्धनको सरकार भएको हुनाले धेरै काम भनेको जति हुन पाएन । तपाईंहरूजस्तै मन्त्री भएर हाम्रो सभापतिले काम गर्न पाउनुभएको छैन, प्रधानमन्त्रीले काम गर्न सक्नुभएको छैन,’ उनले भनिन्, ‘बेइज्जत त हाम्रै कांग्रेसलाई हुन्छ नि, नेतृत्वको त कांग्रेसको छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार