Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेससँगको गठबन्धनमा रहँदा प्रधानमन्त्री प्रचण्डमाथि घेराबन्दी भयो : यादव

    कांग्रेससँगको गठबन्धनमा रहँदा प्रधानमन्त्री प्रचण्डमाथि घेराबन्दी भयो : यादव

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 360
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले कांग्रेससँगको सत्तागठबन्धनमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि घेराबन्दी भएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।



    सांसद यादवले, ‘ठेकेदारहरूले काम गरेको पैसा अर्थमन्त्रालयले नदिएको त कांग्रेसकै मन्त्रीले भनेका छन् । हारगुहार गर्दा पनि अर्थ मन्त्रालयबाट सहयोग भएन । यो सरकारमा रुपान्तरण भएको छ त्यो नेपाली कांग्रेसले पनि यथार्थ कुरा बुझ्नुपर्ने हुन्छ। प्रधानमन्त्रीलाई घेरान्बदी भयो । त्यो संवेदशनशील विषय थियो । गठबन्धनमा जिम्मेवार दल भएर पनि कांग्रेसबाट धोका दिएको विषय थियो ।’



    सांसद यादवले कांग्रेसबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतले सहयोग नगरेको बताए ।

    कांग्रेसकै कारण तत्कालीन गठबन्धनमा अविश्वास पैदा भएको पनि यादवको भनाइ थियो ।

    विभिन्न प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसबाट धोका भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार