Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपति नपाएपछि बाबुरामले माओवादीसँगको एकता भंग गरे : महिन्द्रराय यादव

    राष्ट्रपति नपाएपछि बाबुरामले माओवादीसँगको एकता भंग गरे : महिन्द्रराय यादव

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 378
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले अर्का अध्यक्ष बाबुराम भट्टराई भने अनुसारको पद नपाएकाले माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएको बताएका छन्।

    शनिबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बताएका हुन् ।



    अध्यक्ष यादवले अर्का अध्यक्ष भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताए ।



    अध्यक्ष यादवले भने,‘उहाँको राष्ट्रपतिको प्रस्ताव थियो। त्यो हुन सकेको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो। नभएपछि फेरि हिसिला यमीलाई उपराष्ट्रपति बनाउनेबारे कुरा गर्न जाऔं भन्नुभयो। जसपाले उपराष्ट्रपति पाएपछि उहाँ विचलित हुनुभयो।’

    त्यसपछि अरू पार्टीका नेताहरूसँग भेटेर कुरा गर्दा पनि नभएको अध्यक्ष यादवले बताए। चुनावलगत्तै माओवादीसँग एकता नहुनुको कारण पनि त्यही रहेको बताउँदै यादवले गोरखाली जनतालाई बाबुरामले जवाफ दिनुपर्ने बताए।

    अध्यक्ष यादवले बाबुराम आफू राष्ट्रपति वा श्रीमतीलाई उपराष्ट्रपति बनाउने दौडमा रहेको र दुवै नभएपछि पार्टी एकताको विपक्षमा उभिएको बताए ।

    आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार