Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खानेपानी मन्त्रालयमा अटेरी उपसचिव लम्सालको तमासा, सचिव गेलाल निरीह

    खानेपानी मन्त्रालयमा अटेरी उपसचिव लम्सालको तमासा, सचिव गेलाल निरीह

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमााडौं । नेपाल सरकारको नियम अनुसार सरकारी गाडी सुविधा सहसचिव (प्रथम श्रेणी) वा सो सरहका कर्मचारीले मात्र प्रयोग गर्न पाउँछन् । कार्यालय प्रमुखको हकमा बाहेक उपसचिवले सरकारी गाडी प्रयोग गर्न पाउँदैनन् ।

    ऐन नियमले नै सरकारी गाडी सुविधा सहसचिवदेखि माथिल्ला तहका कर्मचारीलाई मात्र दिएको छ । तर सिंहदरवारभित्र यस्ता अटेरी उपसचिव छन्, जसले विगत डेढ बर्षदेखि नियमबिपरीत सरकारी गाडी निजी जस्तै गरी दुरुपयोग गरिरहेका छन् ।



    तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीका निजी सचिवका रुपमा कार्यरत उपसचिव शशीकुमार लम्सालले सचिवालयमा रहँदा सुबिधाबापतको गाडी अझै दुरुपयोग गरिरहेका छन् ।



    उपसचिव लम्सालले बा २ झ २५४५ नम्बरको सरकारी नम्बर स्कोर्पियो गाडीलाई नियमबिपरीत प्रयोग गरिरहेका हुन् । यतिसम्म कि मन्त्री हटेको २ महिना ब्यतित हुन लाग्दा उनी सचिवालयकै दरबन्दीमा मन्त्रालयमा हालीमुहाली गरिरहेका छन् ।

    प्रशासन महाशाखाका प्रमुख सहसचिव शोभाकान्त पौडेलको कृपाका कारण उनको काजफिर्ता अहिलेसम्म नभएको र निर्धक्क रुपमा गाडी दुरुपयोग गरिरहेका छन् । मन्त्रालयमा चर्चा छ–मन्त्री हटे पनि के भो त ? पीएको रजाई हटेको छैन । पीए हुनु त लम्साल जस्तो ।

    मन्त्री पदमुक्त भएको २ महिनासम्म पनि उनको हालीमुहाली कायमै छ । सचिव मणिराम गेलाललाई यो बिषयमा जानकारी छ । तर, सहसचिव पौडेलका अगाडि उनी चुईक्क समेत बोल्न सक्दैनन् ।

    निरीह सचिव सहसचिव पौडेल र उपसचिवको लम्सालको तमासा टुलुटुलु हेर्न विवश छन् । अर्थमन्त्रालयले खर्च कटौतीको नाटक गरिरहेको बेला खानेपानी मन्त्रालयमा भने मौका यही हो भनेजस्तो सरकारी सम्पत्ति दोहन गर्न तँछाडमछााड जस्तै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार