Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • खानेपानी मन्त्रालयले एक महिनाभित्र उपभोक्तालाई मेलम्चीको पानी वितरण गर्ने

    खानेपानी मन्त्रालयले एक महिनाभित्र उपभोक्तालाई मेलम्चीको पानी वितरण गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 510
    SHARES

    काठमाडौं । अबको २८ दिनभित्र काठमाडौं उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।



    बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।



    मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तकाअनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

    बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको छ । मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार