Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अब खानेपानीबारे टोल फ्रि नम्बरमा फोन गरेर गुनासो सुनाउन पाइने

    अब खानेपानीबारे टोल फ्रि नम्बरमा फोन गरेर गुनासो सुनाउन पाइने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् ।

    बिहीबार खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका छन् ।



    घर घरमा जोडिएका खानेपानीको धारामा पानी नआए तथा खानेपानीको विषयमा केही समस्या भए सिधै खानेपानी मन्त्रालयमा गुनासो गर्न सकिने भएको छ ।



    अब काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा पानीको समस्या भए मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा सिधै गुनासो गर्न सकिन्छ ।

    देशभर भएका खानेपानीको समस्या सम्बोधन गर्न मन्त्रालयले छुट्टै युनिट स्थापना गरेर गुनासोको सुनुवाई गर्न लागिएको खानले बताए ।

    गुनासो सुन्नका लागि मन्त्रालयले चारजना गुनासो सुन्ने अधिकारी राखेको छ। सेवाग्राहीबाट आएको गुनासो मन्त्रालयले मातहतका निकायमा पुर्‍याउनेछ र समाधानको निर्देशन दिनेछ।

    गुनासो मन्त्रालयमा आएको अवस्थामा मन्त्रालयले सम्बन्धित व्यक्ति र कार्यलयलाई जानकारी दिई समस्या समाधान हुनेमा मन्त्रालयले विश्वास लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार