Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले गर्‍यो नयाँ मिसाइल परीक्षण, आणविक हतियारको खतरा बढ्यो

एजेन्सी। उत्तर कोरियाले नयाँ हतियारको सफल परीक्षण गरेको दाबी गरेको छ।  जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने समाचारमा जनाइएको छ।

यो नयाँ प्रकारको क्षेप्यास्त्र साना आणविक वारहेड बोक्न सक्षम रहेको विज्ञहरूको विश्वास छ र यसले उत्तर कोरियाले आणविक हतियार परीक्षणको तयारी सुरु गरेको देखाएको छ ।

दक्षिण कोरियाको सेनाले शनिबार राति उत्तर कोरियाले समुद्रमा दुईवटा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ ।

उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्तीको अवसरमा यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले एक विज्ञप्तिमा किम जोङ उनले नयाँ प्रणालीको परीक्षण देखेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ , ' यसले लामो दूरीका हतियारहरूको क्षमतामा पर्याप्त सुधार गर्नेछ र रणनीतिक आणविक हतियारहरूको परिचालन क्षमतामा वृद्धि गर्नेछ।' बिबिसी हिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077