Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १६ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअर्न्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीय मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा मत्यु भएको हो ।

ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077