Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले डाक्यो केन्द्रीय सचिवालय बैठक, स्थानीय निर्वाचनबारे छलफल हुने

    एमालेले डाक्यो केन्द्रीय सचिवालय बैठक, स्थानीय निर्वाचनबारे छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 738
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक डाकेको छ । सोमबार बेलुका साढे ६ बजे सचिवालय बैठक बस्न लागेको हो ।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।



    सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरुको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ।



    एमालेले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने गरी तयारी थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार