Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले दोहामा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपालले छनोटअघि मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

आउँदो जुनमा हुने छनोटका लागि नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनसहित समूह 'ए' मा रहेको छ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली आउँदो वर्ष हुने एसियन कप फुटबलका लागि छनोट हुनेछन् ।

यस्तो छ २५ सदस्यीय नेपाली टोली :

किरणकुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077