Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना, सर्तकता अपनाउन आग्रह

    तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना, सर्तकता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको छ । मौसमविद्का अनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ ।

    ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।



    जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस छ ।



    यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ ।

    काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्ने हुँदा सर्तकता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार