Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंको तापक्रम यो वर्षकै कम, सावधानी अपनाउन अनुरोध

    काठमाडौंको तापक्रम यो वर्षकै कम, सावधानी अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरेको हो । यो तापक्रम यो वर्ष आजसम्मकै सबैभन्दा कम हो ।



    महाशाखाको पछिल्लो विवरणानुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो ।



    मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार