Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६६ करोडको क्रिप्टोकरेन्सी कारोबार, उपत्यकाबाट ३ जना पक्राउ 

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा बिर्तामोड न.पा. १ का २२ बर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती न.पा.नं. ०१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं  महानगरपालिका १३ बाफलका २७ वर्षीय राहुल चचान  रहेका छन् । 

क्रिप्टोकरेन्सीको वित्तिय कारोबारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा उनिहरुलाई अपराध अनुसन्धान महाशाखाले सोमबार पक्राउ गरेको हो । 

काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न उनीहरूले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

अनुसन्धानबाट  उनीहरूले  हालसम्म ६६ करोड ७९ लाख ७९ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ । 

उनिहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077