Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'कुलमानको फोटोसहितको पोस्टर जनस्तरबाटै तयार भएको हो, आचारसंहिता उलंघन भएको छैन'

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरलाई चुनावी प्रचारका लागि प्रयोग गरिएको सामाग्रीले निर्वाचन आचारसंहिता उलंघन नभएको दाबी गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने पोस्टर सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले वैशाख १ गते बिहीबार माओवादीलाई पत्र काटेको थियो । त्यसको जवाफ दिँदै माओवादी केन्द्रले पोस्टर जनस्तरबाट तयार भएकोले घिसिङको सहमति समेत आवश्यक नभएको दाबी गरेको हो ।

‘जनस्तरबाट तयार भएको पोस्टर भएकोले यस विषयमा कुलमान घिसिङसँग कुनै सम्पर्क र सहमति गर्नुपर्ने विषय रहेन,’आयोगलाई माओवादीले दिएको जवाफमा भनिएको छ,‘पोस्टर निर्वाचन प्रचारप्रसारका लागि पार्टीबाट कुनै प्रचारप्रसार नभएकोले निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै प्रचारप्रसार गरेको छैन ।’

आयोगले घिसिङलाई समेत सहमतिमा फोटो राखेको हो वा होइन भन्दै जवाफ सोधेको थियो । घिसिङले भने यसबारे आयोगमा जवाफ दिएका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेजबाट घिसिङसहितको तस्बिर राखेर चुनावी पोस्टर सार्वजनिक गरिएको थियो ।

जुन पोस्टरमा माओवादीको चुनाव चिन्हसमेत राखिएको थियो । पोस्टरमा माओवादी अध्यक्ष दाहालसहित उर्जामन्त्री जर्नादन शर्मा र घिसिङको तस्बिर पनि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077