Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गभर्नर अधिकारी प्रकरण : छानबिन समितिले काम थाल्यो

    गभर्नर अधिकारी प्रकरण : छानबिन समितिले काम थाल्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ ।

    मन्त्रिपरिषद् बैठकले ११ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बित भएका हुन् ।



    त्यतिखरै अधिकारीलाई निलम्बनको पत्र दिइएको थियो । तर, यसबीचमा समितिको काम सुरु भएन । सरकार यो प्रक्रिया लम्ब्याउने मनसायमा रहेको बुझेपछि गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च अदालत पुगेका छन् ।



    गभर्नर सर्वोच्च पुगेपछि सरकारलाई बल्ल छानबिन समितिको याद आएको राष्ट्र बैंक स्रोतले जनायो । गभर्नर अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भएको छ र त्यसको पेसी मंगलबार तोकिनेछ।

    सरकारले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग समिति गठन गरेको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार