Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गभर्नर महाप्रसादको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज पेसी

    गभर्नर महाप्रसादको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज पेसी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो ।



    अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिट बिहीबार दर्ता भएको थियो । रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ ।



    रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिए पनि गभर्नर अधिकारीले स्नातकोत्तर नगरेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार