Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउँछ : गभर्नर

    राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउँछ : गभर्नर

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।

    सोमबार आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।



    उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताए ।



    आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको उनले भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार