Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बैंकका सीईओलाई राष्ट्र बैंकको निर्देशन – ग्राहकको गुनासो सम्बोधन गर्नू

    बैंकका सीईओलाई राष्ट्र बैंकको निर्देशन – ग्राहकको गुनासो सम्बोधन गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् ।

    बिहीबार गभर्नर अधिकारीले वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफलमा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।



    छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।



    पछिल्लो समय वाणिज्य बैंकहरुले सेवाग्राही समस्या सम्बोधन नभएको भन्दै उजुरी आउन थालेको थिए । गुनासो बढ्दै जाँदा राष्ट्र बैंकले बैंकहरुका सीईओलाई बोलाएर समस्या सम्बोधन गर्न निर्देशन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार