Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा जहाज, रेल र बस चढ्दा मास्क लगाउनु पर्ने नियम हट्यो

एजेन्सी । अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम अदालतले हटाइदिएको छ।

फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२१ को फेब्रुअरीदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न भनेको थियो।

अदालतको आदेशपछि अमेरिकाका प्रमखु एयरलाइन्सहरूले आन्तरिक उडानमा यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन्।

मास्क लगाउने कुरा अब यात्रुको इच्छाको कुरा भएको छ। न्यायाधीश क्याथरिनलाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077