Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एजेन्सी । पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ ।

पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् ।

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए ।

पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077