Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चको आदेशपछि गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्कंदै

    सर्वोच्चको आदेशपछि गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्कंदै

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्कंदै छन् ।

    २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो । गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए ।



    मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उनले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै आउँदो १३ गते दुवै पक्षलाई बोलाएको छ ।



    सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तताको पक्षमा निर्णय दिएको भन्दै गभर्नर अधिकारीले आफू आजदेखि काममा फर्कने बताए । अछामका पृथ्वी शाहको शंकास्पद ४० करोड रकमको विषयमा सूचना चुहाएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले स्वायत्त निकाय राष्ट्र बैंकमा हस्तक्षेप गरेको भन्ने टिप्पणी हुँदै आएको छ ।

    यस्तै, गभर्नर अधिकारीमाथि सरकारलाई असहयोग गरेको समेत आरोप लागेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकलाई पदीय जिम्मेवारी बहन गर्न दिन भन्दै विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको छ । अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको भन्दै सर्वोच्चले समितिमाथि नै प्रश्न उठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार